Y

YouLibs

Remove Touch Overlay

खनियाबास बिद्रोह २०१७ का नायक Daman Pakhrin - Documentary - PROMO - ऐतिहासिक / राजनितिक घटनाक्रमहरु

Duration: 08:11Views: 3.4KLikes: 178Date Created: Jun, 2021

Channel: LMC Digital Media

Category: Entertainment

Tags: filmslhapsangkarpotamangkhaniyabas bidrohatamang songtamang andolandabon pakhrindaman pakhrindilman pakhrinsongsroshan phyuba tamangselo song2017 saldaman pakhrin documentarynepalitamangs elodocumentary

Description: विद्रोहको कारण: यो विद्रोहको खास नेतृत्व दामन पाख्रिन र सेक्के तामाङले गरे पनि त्यस क्षेत्रका तत्कालीन सांसद ललितबहादुर घले तामाङ० को समेत ठूलो भूमिका थियो। यो विद्रोहमा संलग्न भएको अभियोगमा घले ६ वर्ष नख्खु जेलमा थुनिए। वास्तवमा यहाँका तामाङहरूले चरम आर्थिक शोषण भोगेका थिए। कति त घरबासविहीन हुनुपरेको थियो। नेपाल प्रहरीको महानिरीक्षक भई सहायक मन्त्रीसमेत भएका डीबी लामाले आत्मवृत्तान्तमा यो विद्रोहबारे व्यक्त गरेको धारणा निकै महत्त्वपूर्ण छ। उनले लेखेका छन् “... तामाङको घरमा भएको कुखुराको चल्लामध्ये सिंखडा बाजेहरूले एउटा पोथी चल्लालाई पेवा देऊ, म पनि बेलाबखत काम लाग्ने मान्छे हुँ भनेपछि खुसीसाथ तामाङले चल्ला दिँदो रहेछ। सिंखडा आफू बाहुन भएको हुनाले कुखुराको चल्ला आफूले पाल्न नहुने हुँदा तिमीले नै पाल्नू भन्दा रहेछन्। क्रमशः चल्लाहरू हुर्किएपछि तामाङले आफ्ना चल्लाहरू विभिन्न कार्यमा काटमार गरी भ्याइसक्दा रहेछन्। तर, बाँकी रहेको त्यही बाहुनहरूको चल्लाले फुल पारी अरू चल्लाहरू बढी उत्पादन गर्दै जाँदा बाजेका चल्ला ठूलो भएपछि के गर्ने भनी सोध्दा बाहुनले भन्दा रहेछन्, ‘हामीले मासु खानु हुँदैन, भाले जति गाउँमा चलेको भाउमा तिमीले नै चलाऊ, तर पोथी तिमीले नमास्नू।’ यसरी भालेजति आफ्नो घर कार्यमा मास्ने, पोथीले उत्पादन बढाउँदै जाने गर्दो रहेछ। यही रीतले तीन चार वर्षको अवधिमा बाजेले हिसाब किताब गरौं भनी सम्पूर्ण कुखुराको एक एक हिसाब गर्दा रहेछन्। अनि माघे संक्रान्तिको भाखा भनी साँवा र ब्याजको तमसुक बनाउँदा रहेछन्। माघे संक्रान्तिको भाखामा तामाङले रकम तिर्न नसकेपछि बाहुनको ऋण खाई नर्कमा पर्नुभन्दा यही जुनीमा तिर्छु भनी घरखेत राजीनामा गरी बाहुनलाई ऋण तिर्दा रहेछन्।” (डि.बि.लामा, उही, पृ. ७३–७४) यस क्षेत्रमा तामाङहरूले यस्ता धेरै शोषण भोगेका थिए। डीबी लामाको आत्मवृत्तान्तको यो कथनले पनि शोषणको रूप बुझ्न सकिन्छ। तामाङहरूले अँध्यारोबाट मुक्ति पाउन वनका सल्लाको रुखका ठुटोबाट दियालो ल्याउँदा पनि यातना भोग्नुपथ्र्यो। सल्लाको बोटलाई तामाङको मृत्यु संस्कारमा अनिवार्य मानिन्छ। तर, त्यसको प्रयोगबाट उनीहरू वञ्चित थिए।  उनीहरूमाथि चोरीको आरोप लगाइन्थ्यो। अनेक मुद्दा लगाउने, मुद्दामा तोकिएको रकम तिर्न नसके जबरजस्ती तमसुक गराउने, तामाङको बारीबाट फलेको अन्न जबरजस्ती लुटपाट गर्न पनि हुन थाल्यो। सेक्के तामाङ र दामन पाख्रिनलाई पनि लुटपाट कसुरमा थुनियो। उनीहरूलाई छुटाउन भन्दै काजीमान तामाङ र छेजु तामाङ तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई भेट्न पुगे। उनीहरूले कांग्रेसको सदस्यता लिए मात्र छाड्ने कोइरालाले बताए। तर, उनीहरूले शर्त मानेनन्। विद्रोहको समयमा लुटपाटमा परेको भन्दै क्षतिपूर्ति बापत रिजालहरूले चितवनमा जग्गा पाए। (बाबुराम फ्युबा, ‘स्यालगार’ मासिक वर्ष १ अंक ६, असार, २०७१ असार, पृ. १९–२०)  विद्रोहबारे दामन पाख्रिनको अडियो  यो विद्रोहमा संलग्न सेक्के तामाङ र दामन पाख्रिनको मृत्यु भइसकेको छ। दामन पाख्रिन २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा धादिङबाट निर्वाचित पनि भएका थिए। उनका छोरा दिलमान पाख्रिन सांसद तथा मन्त्री भएका छन्। दामनको एउटा अडियो रेकर्ड एक अनलाइनबाट सार्वजनिक भएको छ, जसमा खनियाबासमा तामाङहरूले गरेको विद्रोह र उनको संलग्नताबारे बोलिएको छ। विद्रोहअघि उनी आसाम राइफल्सका लाहुरे थिए। घरको ऋणले टुप्पी मात्र डुब्न बाँकी रहँदा त्यहाँबाट फर्की भैरहवा आइपुगेपछि मलायाको लाहुरे बन्ने इच्छा गरेका रहेछन्। उनको अडियो रेकर्डमा घटनालाई यसरी वर्णन गरिएको छः  Link: youtu.be/Oiwj1beyMiA Related Presentation: youtu.be/JMeasF6SQ28 A documentary by Roshan Phyuba Tamang Script / Research by Gopal Fyuba Post Production: LhapsangKarpo Music Center Thank You Tamsaling Knowledge Center !!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Lhapsangkarpo Music Center. for any use email - mhendomaya@gmail.com mobile - 00977-9813775001 Subscribe Our channel for unlimited entertainment goo.gl/V6tM5x Circle us on G+ plus.google.com/u/0/+Mendomay... Like us on Facebook Page facebook.com/HAMRO-TV-128... Be Friend on Facebook facebook.com/profile.php?... For More Info hamromediagroup.com Video ©Lhapsangkarpo Music Center (P.) Ltd

Swipe Gestures On Overlay